गजल : शासक बनिन्छ यहाँ निर्दोलाई दबाए पछि



रचना
शासक बनिन्छ यहाँ निर्दोलाई दबाए पछि । के मानवता भेटिन्थ्यो र मृत्युको शोकमा रमाएपछि। बाध्य हुन्छ आवज उठाउन जो कोहि फोकटमा बेकसुर को दाग लगाए पछि। हत्यार उठाएर हत्यारा बन्नै पर्छ अस्तित्वमा खेल्नेहरु दिन दिनै हराए पछि। प्रसंशा कसले गर्छ त्यो नालायक सन्तानको बुढेसकालमा बाबुआमा वृद्धआश्रम पठाए पछि। समुन्द्र पारी परदेश जानै पर्छ हजुर। छोरा छोरिको भोक मेटाउने काम नपाए पछि । के गुनाशो अरु देश संग हाम्रो आफ्नै देश ले डुवाउनु सम्म डुवाए पछि।
-सम्झना ब्लोन तामाङ,सिन्धुपाल्चोक

लेख रचना पठाउने हाम्रो ठेगाना :aadhikhola24@gmail.com
(लेख पठाउदा आफ्नो पुरा नाम ,ठेगाना र फोटो पनि संलग्न गर्न नबिर्सनुहोला )

Post a Comment

0 Comments