पोखराका ३ जना सहित शुक्रबार गण्डकी प्रदेशमा १७ जनामा को'रोना पुष्टि - aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, August 28, 2020

पोखराका ३ जना सहित शुक्रबार गण्डकी प्रदेशमा १७ जनामा को'रोना पुष्टि - aadhikhola news


आधिखोला न्युज,

भदौ १२, पोखरा | गण्डकी प्रदेशमा शुक्रबार पुन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना पुष्टि भएको हो | 

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा पोखरा माहानगरपालिका १७ र ३० का गरेर ३ जना ,तनहुँ शुक्लागण्डकी र व्यासका ४ जना ,लमजुङ्ग मर्स्याङ्गदी र बेसीशहरका  २ जना र नवलपरासी बिनय त्रिबेणी र देबचुलीका  ८ जना रहेका छन् | यो संगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२२ पुगेको छ |

नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेका छन्  भने  लमजुङ जिल्ला, मर्स्याङ्दी-४ का संक्रमित भारतबाट आएका रहेका छन्  | त्यस्तै  कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी रहेको  र  अन्य सबै व्यक्तिहरु संक्रमितको सम्पर्कमा  आएका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ  | 

संक्रमित  सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

यसैगरी गण्डकी प्रदेशमा अहिले सम्म  कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ पुगेको छ  ,जुन  ८२.६९ % हो |



No comments: