बुधबार गण्डकी प्रदेशमा पुन ९ जनामा को'रोना पुष्टि -Aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, August 26, 2020

बुधबार गण्डकी प्रदेशमा पुन ९ जनामा को'रोना पुष्टि -Aadhikhola news

डिआर काफ्ले ,

पोखरा,भाद्र १० | गण्डकी प्रदेशमा बुधबार पुन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ९ जनामा संक्रमण पुष्टि भएको हो |

संक्रमण हुनेहरुमा लमजुङ्ग बेसीसहरका ३ जना, नवलपरासी कावासोतीका ४ जना र गैंडाकोटका २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ | यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ पुगेको छ | 

लमजुङ जिल्ला बेसीसहरका ३ जना संक्रमित  पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेको र  नवलपरासी (ब.सु.पू.), गैंडाकोटका २ जना भारतबाट आएका रहेका छन् भने   बाकी सबै व्यक्तिहरु संक्रमितको सम्पर्कमा आएकाहरुबाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ | 

निर्देशक शर्माका अनुसार सबै संक्रमित व्यक्तिलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको छ | 

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६४३ रहेको छ |


No comments: