पोखराका १ जना सहित गण्डकीमा पुन ६ जनामा कोरोना पुष्टि -Aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, August 26, 2020

पोखराका १ जना सहित गण्डकीमा पुन ६ जनामा कोरोना पुष्टि -Aadhikhola news

भदौ १० , पोखरा | गण्डकी प्रदेशमा पुन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा  र गण्डकी प्रदेश भन्दा बाहिरी प्रयोगशालामा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ६ जनामा कोरोना पोजेटिभ देखिएको हो | 

संक्रमित हुनेहरुमा पोखरा महानगर वडा नम्बर १७ का १ जना,बाग्लुङ्ग ३ का १ जना , गोरखा ९ का २ जना र नवलपरासीका २ जना रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले बताउनुभएको छ | 

पोखरा महानगरपालिका-१७ का संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ भने अन्य जिल्लाका संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ |

त्यस्तै  बाग्लुङका संक्रमित महिलाको मिति २०७७/०४/३२ मा प्रकाशित गरिएको प्रतिबेदनमा पुनः परिक्षणको समुहमा राखिएको थियो | वहाँ बाग्लुङ जिल्लाको आईसोलेसन केन्द्रमा सोहि मितिदेखि नै बसिरहनुभएको निर्देशनालयले जनाएको छ  |



No comments: