बढ्दै छन् पिडाहरु~झन वर्षा को भेल जस्तै
लुकामारी गर्दै छ जीवन बच्चाको खेल जस्तै कहिले चीत्कार गर्छ आफ्नै मनका पिडा बुझी कहिले खुसी हुन्छ फेरि दुइ मुटुको मेल जस्तै यता हेरि उता बुझ्दा सबै उस्तै उस्तै नै छन कैदी हुँदा रैछन रहर नछुट्ने त्यो जेल जस्तै कसैले अमूल्य भन्छन कसैले दुई दिने चोला सुल्झाउनै नसकिने परिभाषा जालझेल जस्तै मन अनियंत्रित छ तर सपना हरु स्थिर भए दौडिएका छन रहर हरु रफ्तारको रेल जस्तै -रमेश उदास इटहरी सुनसरी
No comments:
Post a Comment