बिहिबार गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा २५ जनामा कोरोना संक्रमण पुष्टि -Aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, August 27, 2020

बिहिबार गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा २५ जनामा कोरोना संक्रमण पुष्टि -Aadhikholanews

भदौ ११ , पोखरा | गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा गरेर बिहिबार पुन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा  गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ २५ जनामा कोरोना पुष्टि भएको हो | 

संक्रमित हुनेहरुमा बाग्लुङ्ग जिल्लाका ८ जना ,लमजुङ्गका ४ जना , तनहुँका ९ जना , नवलपरासीका ३ जना र पर्वतका १ जना  रहेको गण्डकी प्रदेश का स्वास्थ्य निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ | यो संगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७७ पुगेको छ | 

संक्रमित मध्य पर्बत जिल्ला, जलजला गाउँपालिकाका संक्रमित व्यक्ति भारतबाट आएका थिए  भने  बाग्लुङ-१ का संक्रमित व्यक्ति नेपाल प्रहरीमा कार्यरत कर्मचारी रहेको निर्देशक शर्माले जानकारी दिनुभएको छ  | त्यसैगरी बाग्लुङ -८ का संक्रमित व्यक्ति भारतबाट आएका र  अन्य व्यक्तिहरु कोरोना संक्रमितको सम्पर्कमा आएका रहेका   छन त्यस्तै  लमजुङ जिल्ला बेसीशहरमा कार्यरत २ जना संक्रमित नेपाल आर्मीमा कार्यरत छन्  भने १ जना पालिकामा कार्यरत कर्मचारी रहेका छन्  |

त्यस्तै गण्डकी प्रदेशमा अहिले सम्म  कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६६५ रहेको छ भने  मृत्यु हुनेको संख्या ९ पुगेको छ |




No comments: