बिहिबार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना पुष्टि ,५ सय ६९ जना डिस्चार्ज -aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, August 27, 2020

बिहिबार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना पुष्टि ,५ सय ६९ जना डिस्चार्ज -aadhikholanews

भदौ ११, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३५ हजार नाघेको छ । आजसम्म ३५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १५ हजार २७३ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयको तथ्यांक छ ।



No comments: