कहाँ हराइन् सुरक्षा ? खोजीगरिदिन परिवारजनको आग्रह - aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 02, 2020

कहाँ हराइन् सुरक्षा ? खोजीगरिदिन परिवारजनको आग्रह - aadhikhola news

 

सागर गिरि ,

बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा न •७ निबासी ,हाल कावासोती नवलपुर बाट गत साउन २० गतेदेखि हराइरहेकी १८ वर्षीय सुरक्षा शर्माको खोजीगरिदिन परिवारजनले आग्रह गरेका छन् ।

कावासोतीमा डेरा गरि बस्ने शर्मा कुनै साथी कहाँ पनि नगएको र डेरामा पनि नआएको भन्ने खबर पाएपछि आफन्तले वडा  प्रहरी मात्र नभएर बागलुङ जिल्ला प्रहरीकहाँ समेत गुहार मागेको छ । 

बिगत लामो समय देखि कावासोती बस्दै आएकि उनी घर बहिर बजार  गएकि हुन । आफ्नै श्रीमान सङ बस्ने उनि,दाउन्ने फर्निचरमा काम गर्दै आइरहेको उनका भाइ सरोजले जानकारी दिए ।

हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय बागलुङमा र जिल्ला प्रहरी कार्यालय नवलपुर  समेत निवेदन दिएका छन् । 

फलफूल चोक कावासोती नवलपुरबाट सम्पर्क विहिन भएकी १७ वर्षीय शर्माको खोजी कार्य जारी रहदा पनि पत्ता लाग्न नसकेपछि परिवारजनले सवैमा खोजी गरिदिन आग्रह गरेका हुन् ।  महिनादिन बितिसक्दा पनि फेला नपरेको पीडित परिवार बताउछन । 

( यदि देख्नुहुने  महानुभाबले ९८४५२०३४१९ , ९८६३८१५९०९ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।)


No comments: