निरन्तर बर्षाका कारण मध्यपहाडी लोकमार्ग अबरुद्द -aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 23, 2020

निरन्तर बर्षाका कारण मध्यपहाडी लोकमार्ग अबरुद्द -aadhikhola news


पोखरा - मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।
पर्वतको कुश्मामा निरन्तर पहिरो झरेका कारण मंगलबार रातिदेखि नै सडक अवरुद्ध भएकाे हो । मंगलबार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । 
वर्षा नरोकिँदा र निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका गाडीहरु नयाँपुलमा अलपत्र भएका छन् ।
loading...

No comments: