प्याजको मूल्य प्रति केजी ७० रुपैया तोकियो -aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, September 22, 2020

प्याजको मूल्य प्रति केजी ७० रुपैया तोकियो -aadhikhola news

पोखरा ,आश्विन ६ गते |  पोखरामा प्याजको अधिकतम मूल्य ७० रूपैयाँ तोकिएको  छ । 

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकेको हो ।

प्रशासनले व्यवसायीसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रूपैयाँ कायम गरेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए ।  

खुद्रा मूल्य ७० रूपैयाँ प्रतिकेजी तोकिए पनि थोक मूल्य भने ५५ रूपैयाँ कायम गरिएको उनले बताए । ‘तोकेभन्दा बढी लिएको पाइए कार्वाही गर्छौं,’ उनले भने । 

loading...

No comments: