राप्रपाको चुनाव चिह्न हलोमा सहमति, एकता महाधिवेशन २०७८ वैशाखमा-aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, September 22, 2020

राप्रपाको चुनाव चिह्न हलोमा सहमति, एकता महाधिवेशन २०७८ वैशाखमा-aadhikhola news

 


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन २०७८ वैशाखमा हुने भएको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।

राप्रपा समूहहरूबीच २४ फागुनमा भएको पार्टी एकीकरणसम्बन्धी लिखित समझदारी भए पनि निर्वाचन चिह्न गाई हुने कि हलो हुने भन्ने विवादका कारण निर्वाचन आयोगमा पार्टी दर्ता नै हुन सकेको थिएन । अब राप्रपाको पुरानो दर्तालाई कायम राखिएको जानकारीसहित विधान संशोधन गरेर निर्वाचन आयोगमा निवेदन दिने सहमति भएको छ ।  

पार्टी केन्द्रीय सचिवालले सार्वजनिक गरेको विज्ञप्ति अनुसार एकता महाधिवेशनको मिति २०७८ वैशाख २५ देखि २५ सम्म हुने निश्चित भएको हो । महाधिवेशन काठमाडौंमा हुनेछ । 

सँगै पार्टीको चुनाव चिह्न र झण्डाको टुंगो लागेपछि निर्वाचन आयोगमा गई राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता सम्बन्धि सम्पूर्ण काम कारवाहीको जिम्मा नेता दीपक बोहोरा, राजु बस्नेत, धुव्रबहादुर प्रधान र रामशरण पाठकलाई अख्तियारी दिएको छ ।  

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा  पेश भएको राजनीतिक घोषणा पत्रलाई एकिकरण पश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णयसमेत भएको छ । 

loading...

No comments: