नेपाल–चीनबीचको वर्षौदेखि हराएको भनिएको ११ नम्बर सीमास्तम्भ फेला परेको छ -aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, September 24, 2020

नेपाल–चीनबीचको वर्षौदेखि हराएको भनिएको ११ नम्बर सीमास्तम्भ फेला परेको छ -aadhikhola news


आधिखोला न्युज,

पोखरा , असोज ८ | वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले नाम्खा–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको जानकारी दिए। ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले

  बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला।’ तामाङका अनुसार सीमा प्रहरी चौकी हिल्साभन्दा करिव पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्वर पिल्लर फेला परेको हो।

हिल्सा प्रहरी चौकीबाट फेला परेको सीमास्तम्भ पुग्न सात घण्टा लागेको टोलीमा सहभागी एक सुरक्षाकर्मीले जानकारी दिए।

हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो।

loading...

No comments: