देशका अधिकांश स्थानमा गएराति देखि नै वर्षा, सतर्क रहन मौसमविद्को आग्रह - aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 23, 2020

देशका अधिकांश स्थानमा गएराति देखि नै वर्षा, सतर्क रहन मौसमविद्को आग्रह - aadhikhola news


आधिखोला न्युज,

अधिकांश स्थानमा गएराति देखि नै वर्षा सुरु भएको छ । 

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्युन चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दै गरेको र यसैको प्रभावस्वरुप नेपालका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । 

loading...

No comments: