मिर्गौला पीडित हरि सुनारको लागि सहयोग जुटाउदै सुनौलो बागलुङ- aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, September 23, 2020

मिर्गौला पीडित हरि सुनारको लागि सहयोग जुटाउदै सुनौलो बागलुङ- aadhikhola news

 मिर्गौला पीडित हरि सुनारको लागि सहयोग जुटाउदै सुनौलो बागलुङ

सागर गिरि /बागलुङ । मिर्गौला पीडित हरि सुनारले सहयोगको अपिल गरेसङै सुनौलो बागलुङ सस्था र छाता संगठन सुनौलो बागलुङ वैदेशिक बिभागले पीडितका लागि भन्दै रकम संकलन सुरु गरेको छ ।
सुनारका लागि रकम संकलन अभियान सुरु गरे सङै विभिन्न देश-बिदेशबाट रकम संकलन गरिएको सुनौलो सस्थाका अध्यक्ष शिव श्रीस मगरले जानकारी दिनुभयो । “कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु”, उनले भने । उक्त रकम संकलन १ हप्ता अगाडि बाट सुरु भएको थियो ।
दुबै मिर्गौला फेल भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत सुनारले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका थिए ।
बागलुङ जिल्ला जैमिनि नगरपालिका वडा नम्बर ४ (सर्कुवा)मादी निवासी सुनारले केहि महिनादेखी मिर्गौला फेल भएर थलिएपछि आर्थिक अभावमा मिर्गौला ट्रान्सप्लान्ट गर्न सकेका थिएनन ।
यो सहयोग अभियान अझ केही समय लम्बाउने गरि संस्था ले तयारी गरिरहेको छ र सबै आम जनतालाई सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ ।
सुनौलोले जैमिनिका वडामा कृषि क्षेत्रमा विभिन्न कार्यक्रम संचालन !
साथै विभिन्न कार्यक्रम गर्दै आइरहेको सुनौलो बागलुङ सस्था द्वारा बागलुङ जैमिनी १० राङखानिमा कृषि क्षेत्रमा आवद्ध रहेका करिब ३० जना किसानहरुलाइ च्याउ खेती,अलैंची खेती,किवि ,नर्सरी ब्यबस्थापन लगायतका बिधामा आधारित रहेर प्राबिधिक माध्यम बाट तालिम सञ्चालन गरेको छ ।
उक्त तालीम कार्यक्रम २ दिन सम्म चल्ने छ भने जैमिनिका अन्य वडाहरुमा निरन्तरता दिने सस्थाका अध्यक्ष शिव श्रीसले जानकारी दिनुभयो ।
loading...

No comments: