मिर्गौला पीडित सुनारद्वारा सहयोगको लागि अपिल-aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Sunday, September 13, 2020

मिर्गौला पीडित सुनारद्वारा सहयोगको लागि अपिल-aadhikholanews


बागलुङ । मिर्गौला पीडित हरि सुनारले सहयोगको अपिल गरेका छन् । दुबै मिर्गौला फेल भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत सुनारले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् ।

बागलुङ जिल्ला जैमिनि नगरपालिका वडा नम्बर ४ (सर्कुवा)मादी निवासी सुनारले केहि महिनादेखी मिर्गौला फेल भएर थलिएपनि आर्थिक अभावमा मिर्गौला ट्रान्सप्लान्ट गर्न नसकेको बताए । 

उनको उपचार गर्दागर्दै, भएको जायजेथासमेत बेचिसकेकाले थप उपचार र मिर्गौला ट्रान्सप्लान्टकालागि सहयोग गरिदिन उनले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरे ।

उनका अनुसार मिर्गौला ट्रान्सप्लान्ट गर्न करीब २०-२५ लाख रुपैयाँ लाग्छ । मिर्गौला ट्रान्सप्लान्ट गर्ने आशामा बसेका उनको अर्थिक अवस्था कमजोर भएर उपचार हुन नसकेको सुनारकी श्रीमती कुमारी सुनारले जानकारी दिईन् । ट्रान्सप्लान्टका गर्नुपनि समस्या रहेको बताउँदै उनले ,आर्थिक सहयोग गरेर आफ्नो श्रीमान बचाईदिन आग्रह गरिन् ।

श्रीमती र दुई छोराको लालनपालनमा लाग्नुपर्ने बेलामा दुबै मिर्गौला खराब भएर सुनार आफै थलापरेपछि परिवारको बिचल्ली भएको छ । कमाउने उमेरमानै परिबारको खानपिन र छोरा छोरिको शिक्षा आदिमा समस्या हुने परिवार बताउछन् ।

No comments: