लोक- दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउँछु : उदाउँदो कलाकार रमेश सार्थ- aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, September 10, 2020

लोक- दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउँछु : उदाउँदो कलाकार रमेश सार्थ- aadhikholanews

सागर गिरि/बागलुङ । लोक सांगीतिक क्षेत्रमा उदाउँदो रूपमा अघि बढीरहेको नाम हो रमेश सार्थक ।  बागलुङ जिल्ला जैमिनी नगरपालिकामा जन्मिएका उनी काठमाडौमा अस्थायी बसोवास गर्दै आएका छन् । उनी अहिले निकै मेहेनत गर्दै गायनमा ब्यस्त छन् । 

केही समय पहिला बजारमा सार्वजनिक भएको " सर्त" एल्बममा स्वर समेत दिएका छन् । निकै रुचाइएको उक्त एल्बममा देबि घर्ती मगर र उनकै स्वर रहेको छ । अर्गानिक रोइला नाम दिइएको उक्त गित टिकटकमा पनि भाइरल भैरहेको छ ।

गायक सार्थकले "सर्त "एल्बम बाहेक करिब एक दर्जन भन्दा बढी कभर गित सार्बजनिक गरेका छन । छोटो समयमै गायनमा फड्को मार्न थालेका उनी  अभिनयमा पनि उत्तिकै अब्बल दर्जामा राख्न कोशिसरत छन् ।

‘अहिले हाम्रो समाजले लोक तथा दोहोरी बढी खोज्ने भएकाले त्यस तर्फ ध्यान दिदै छु,’ उनी भन्छन् , ‘मलाई एउटा राम्रो र सफल गायक बन्नु छ । गित र संगीत बाट नै समाज परिवर्तन हुन सक्छ ´ उनले थपे । 

सानै उमेरदेखि गायनमा रुचि राख्ने सार्थक लोक स्टारका रुपमा स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ भन्दै अघि बढेका छन ।दर्शकले पनि उनको गायनको क्षमतालाई मन पराउदै आएको कारण उनलाई अहिले धेरै संघ-सस्था बाट अफर आउने गरेको छ । 

आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढ्ने सोचकै कारण आज सार्थकलाई धेरैले गायकको रुपमा चिन्ने गरेको र आम दर्शकको मन मुटुमा बस्न सफल समेत भएका छन् ।

No comments: