प्रहरीद्वारा करिब २० किलो सुन बरामद - aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 17, 2020

प्रहरीद्वारा करिब २० किलो सुन बरामद - aadhikholanews


कार्तिक १,  वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २२ किलो बढी सुन बरामद गरेको छ | 

पर्साको वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा दुई घण्टा लामो समय छापा मारेर प्रहरीले

शनिबार २२ किलो सुन बरामद गरेको हो । 

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । यो विषयमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने

उनको भनाइ छ । 

‘प्रहरीको अपरेशन सकिएको छ’, प्रहरी प्रमुख पन्तले भनिन्, ‘थप विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’  अहिले तीन बजे पत्रकार सम्मेलन हुँदैछ ।

No comments: