स्याङ्गजाका १ जना सहित गण्डकी प्रदेशमा २ संक्रमितको मृत्यु - aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 10, 2020

स्याङ्गजाका १ जना सहित गण्डकी प्रदेशमा २ संक्रमितको मृत्यु - aadhikholanews


असोज २४, पोखरा | गण्डकी प्रदेशमा शनिबार कोरोना संक्रमित दुइ जनाको मृत्यु भएको छ | पोखरा स्थित गण्डकी मेडिकलमा उपचाररत ८१ वर्षीय पुरुषको मृत्यु भएको हो | 

स्याङ्जा  आँधिखोला  ६ स्थायी ठेगाना भइ बुटवल बस्दै आएका   पुरुषको  असोज २३ गते राति ११ :३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  । पोखरा गण्डकी मेडिकलमा उपचार भैरहेका  उनलाई  हिजो मात्र  कोभिड - १९ संक्रमण

पुष्टि भएको थियो | उनमा   क्रोमिक  किड्नी  रोग , हार्ट फेलर  र युरिनरि इन्फेक्सन  लगायतका समस्याहरु समेत रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्  ।

त्यस्तै  नवलपरासी (व.सू.पू) जिल्ला गैंडाकोट - १ का ३६ वर्षीय कोभिड - १९ संक्रमित पुरुषको पनि  असोज २३ गते  दिउँसो ३:५५ बजे कलेज अफ मेडिकल साइन्स, चितवनमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई असोज २० गते कोभिड - १९ संक्रमण पुष्टि भएको थियो |  सेप्टिक सक  र सडन कार्डायक एरेष्टको कारणले मृत्यु भएको उपचारमा संलग्न

चिकित्सकले जानकारी दिएका छन्  ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ  |


No comments: