पोखराका १० सहित गण्डकीमा शनिबार ३१ जनामा संक्रमण पुष्टि - aadhikholanews - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 10, 2020

पोखराका १० सहित गण्डकीमा शनिबार ३१ जनामा संक्रमण पुष्टि - aadhikholanews


असोज २४ , पोखरा | गण्डकी प्रदेशमा शनिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरामा  र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप नयाँ ३१ जनामा संक्रमण पुष्टि भएको हो | 

संक्रमित हुनेहरुमा कास्की पोखराका १० जना ,बाग्लुङ्गका ११ जना , तनहुँका ७  जना र  गोरखाका ३ जना रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले बताएका छन् |

यो संगै  गण्डकी प्रदेशमा  कोरोना

संक्रमितको संख्या ४६४८ पुगेको छ |

कास्की  पोखरा महानगरपालिका-३ का ३० बर्षीय महिला ओम अस्पताल पोखरामा कार्यरत स्टाफनर्श हुन्  भने  तनहुँ जिल्ला  का २३ बर्षीय महिला जी.पी. कोईराला स्वाशप्रश्वास उपचार केन्द्र दुलेगौडामा कार्यरत स्टाफनर्श हुन | त्यस्तै   २९ बर्षीय महिला र २७ बर्षीय पुरुष सोहि अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी   रहेका  निर्देशक शर्माले बताएका छन्   |  त्यस्तै  तनहुँ जिल्लाका बाकि ३ जना संक्रमित केहि दिन अगाडी  भारत, कतार र साउदीबाट आएका थिए  | 

त्यसैगरी  बाग्लुङ-१ का ३८ बर्षीय पुरुष सोहि वार्डको जनप्रतिनिधि हुन्  भने वार्ड नं १ का ३५ बर्षीय महिला स्वास्थ्यकर्मी हुन्  | बाग्लुङ जिल्ला, ताराखोला-३, का ३३ बर्षीय पुरुष, जैमिनी-१० का ४२ बर्षीय पुरुष र

जैमिनी-५ का ३४ बर्षीय पुरुष क्रमशः जापान, भारत र बारा जिल्ला बाट आएका रहेको बताइएको छ  | 

त्यस्तै  अन्य सबै संक्रमित कन्ट्रयाक ट्रेसिंग  बाट पहिचान भएका हुन्   |  

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले  छ |


 


No comments: