जैमिनी बेलबगरमा सैनिकको मृत्यु , घटना रहस्यमय बन्दै - Baglung - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, October 16, 2020

जैमिनी बेलबगरमा सैनिकको मृत्यु , घटना रहस्यमय बन्दै - Baglung


सागर गिरी / बेलबगरमा घाइते भेटिएका सैनिक हवल्दारको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका ७ जैदि र ८ छिस्ती को सिमानामा पर्ने बेलबागरमा घाइते अवस्था भेटिएका कालिगण्डकी करिडोरमा कार्यरत नेपाली सेनाका हवल्दार ३५ बर्षीय तोरन थापा मगरको उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमै
ज्यान गएको हो ।

 गत बुधबार बेलुका बाट सम्पर्क बिहिन भएका हवल्दार बिहान पख सडक भन्दा केही तल घाइते अवस्थामा भेटिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर निर्माणस्थल नजिकै ३५ बर्षीय थापा मगर घाइते अवस्थामा फेला परेपछि उपचारको लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी राजेन्द्र

रेग्मीले जानकारी दिनुभयो ।

अचेत र घाइते अबस्थामा भेटिएकोले उनलाई कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी निरिक्षक दिपक रिजाल सहितको टोली अनुसन्धानकालागि खटिएको छ । 

प्रहरीले अहिले सम्म स्थानीय ४ युवा र एक महिला गरी ५ जनालाई पक्राउ गरेको जनाएको छ ।घटना कसले के कारण घटायो भन्ने अनुसन्धान भइरहेको छ भने घटनाको बारेमा थप विवरण आउन बाँकी छ 

No comments: