तीन हजार १६७ थपिए, सङ्क्रमित एक लाख २९ हजार ३०४ पुग्यो - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 17, 2020

तीन हजार १६७ थपिए, सङ्क्रमित एक लाख २९ हजार ३०४ पुग्यो

 


कात्तिक १ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार १६७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को

क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार १६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २९ हजार ३०४ पुगेको छ । हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले

पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

No comments: