पोखरा महानगरका २३ र स्याङ्गजाका २ सहित शनिबार गण्डकी प्रदेशमा पुन ३० जनामा संक्रमण पुष्टि - Corona update of gandaki province - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Saturday, October 17, 2020

पोखरा महानगरका २३ र स्याङ्गजाका २ सहित शनिबार गण्डकी प्रदेशमा पुन ३० जनामा संक्रमण पुष्टि - Corona update of gandaki province

  कार्तिक १, पोखरा | गण्डकी प्रदेशमा शनिबार पुन ३० जनामा संक्रमण पुष्टि भएको छ |  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ३० जनामा संक्रमण पुष्टि भएको हो |

संक्रमित हुनेहरुमा कास्की

पोखरा महानगरका २३ जना , स्याङ्गजाका २ जना ,बाग्लुङ्गका २ जना त्यसैगरी तनहुँ,लमजुङ्ग र म्याग्दीका १/१ जना रहेको स्वास्थ निर्देशक डा बिनोद बिन्दु शर्माले जनाएका छन् |

यो संगै  दिउसो १२:०० बजेको रिपोर्ट अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ | 

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचानभएका हुन्  | बाग्लुङ जिल्ला, जैमिनीका दुबैजना संक्रमित बाग्लुङ

जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन्  भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ |


No comments: