पछिल्लो २४ घण्टामा तीन हजार ७४९ सङ्क्रमित, ३ हजार ५६४ जना डिस्चार्ज - ministry of health and population - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, October 15, 2020

पछिल्लो २४ घण्टामा तीन हजार ७४९ सङ्क्रमित, ३ हजार ५६४ जना डिस्चार्ज - ministry of health and population

 


असोज २९ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ७४९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २१  हजार ७४५ जना

सङ्क्रमित पुगेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३६ हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८४ हजार ५१८ सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा

केही दिनदेखि कम हुँदै गइरहेकाे छ । 

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

No comments: