स्याङ्गजा,कास्की लगायतका ठाउँहरुमा बिद्युतका कारण अनलाइन कक्षा प्रभावित -- Online Class by Aadhikhola news - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Friday, October 16, 2020

स्याङ्गजा,कास्की लगायतका ठाउँहरुमा बिद्युतका कारण अनलाइन कक्षा प्रभावित -- Online Class by Aadhikhola news

 

डिआर काफ्ले ,

असोज ३० , पोखरा | कोभिड १९ ले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न क्षेत्रमा असर गरिरहेको छ | त्यस्तै क्षेत्रहरु मध्येको एउटा महत्वपूर्ण क्षेत्र हो शिक्षा | यतिबेला  बिधालय हरुले धमाधम अनलाइन बाट कक्षा लिगीरहेका छन् | पछिलो क्रममा त धेरै बिधालयहरुले अनलाइन बाटै प्रथम त्रैमासिक परिक्षा समेत लिगीसकेका छन् |      

शिक्षकहरुले  अति मिहिनेतका साथ् कक्षा लिने प्रयास गरे पनि बिद्युत जाने आउने समस्याका कारण यसको विकल्प नखोजी उनीहरुको प्रयास सार्थक नहुने देखिन्छ | 

कुरा हो स्याङ्गजा पुतलीबजार १३ को , साच्चिकै भन्ने हो भने स्याङ्गजाका  धेरै जसो ठाउहरुमा बिद्युत नजाने भनेर बुज्ने गरिन्छ तर  पनि अहिले त्यसो हुन सकेको छैन | निरन्तर अनियमित रुपमा   बिजुली जाने समस्याले अन्य क्षेत्रलाई प्रभाव त परेको छ नै , त्यस माथि पनि अनलाइन कक्षा लिगीरहेका बिधार्थिहरुको लागि त झनै समस्यामा पारेको छ |  अझै भन्ने हो भने स्याङ्गजामा मात्र नभई

देशका अन्य ठाउँबाट पनि यो समस्या सुन्नमा पाइन्छ | 

बिधार्थी जब अनलाइन कक्षा मा जोडिन्छन त्यसपछि बीच बीच मा लाइन गइरहने   कारणले गर्दा शिक्षक बिधार्थी मात्र होइन अभिभावक पनि आजित भएको सुनाउछन  कक्षा ११ मा अध्ययनरत  छात्रा आविर्ती तिवारी  उनि भन्छिन , '' हाम्रो पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा निरन्तर बिजुली जाने समस्याले हामि आजित भएका छौं, सम्बन्धित निकायले समयमै ध्यान दियोस  | '' 

यता गण्डकी प्रदेसको राजधानी पोखरामा पनि समस्या उस्तै छ , कुन बेला लाइन काटिन्छ भनेर थाहानै हुदैन |  पोखराकै एक बिधालयमा पढाउने शिक्षिका अनिता तिमिल्सिना भन्नुहुन्छ ,''जब हामि अनलाइन कक्षा लिगीरहेका हुन्छौं बीच बिचमा लाइन गइरहने समस्या निकै दोहोरिन थालेको छ , यसको समाधान छिट्टै होस् |''  लोडसेडिङ मुक्त भनिएको हाम्रो देशमा  अभिभावकहरु आफ्ना बाबुनानिहरुलाई अनलाइन कक्षा बाट बन्चित नगराउनका लागि विद्युतको  अन्य विकल्प खोज्न बाध्य हुनुपर्ने अवस्था आएको  छ | 


No comments: