मङ्सिर ८, पोखरा | पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएकाे छ भने एकजना गम्भीर घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय वैदामकाअनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेका छन् ।
पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो। फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठलाई उपचारका लागि पोखराको मेट्रो सिटी अस्पतालमा भर्ना गरिएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीका अनुसार घाइते श्रेष्ठको अवस्था गम्भीर छ ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
No comments:
Post a Comment