स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
हालसम्म भएका संक्रमितमध्ये २ लाख ४ हजार ८५८ जना निको भएका मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण
अनुसार थप २ हजार ७९१ जना निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।
कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कूल मृतकको संख्या १ हजार ३६१ पुगेको छ ।
No comments:
Post a Comment