गएको खेलमा लिभरपुलको सहज जित, लेस्टर सिटी ३-० ले पराजित-In the last game, Liverpool easily won, Leicester City lost 3-0 - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Monday, November 23, 2020

गएको खेलमा लिभरपुलको सहज जित, लेस्टर सिटी ३-० ले पराजित-In the last game, Liverpool easily won, Leicester City lost 3-0


मङ्सिर ८, इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि सहज जित निकालेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा लेस्टरविरुद्ध ३-० को जित दर्ता गरेको हो।

जितसँगै लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान २० अंक नै रहेपनि टोटनहन गोल अन्तरमा शीर्षस्थानमा छ। लिभरपुलसँग पराजित लेष्टर भने १८ अंकमा चौथो स्थानमा झरेको छ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २१ औं मिनेटमा उपहार गोलबाट अग्रता बनाएको थियो।

४१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुलले ३-० को जित निकालेको हो।

गएराति नै भएको अर्को खेलमा एभर्टनले फुलहमलाई ३-२ ले पराजित गरेको छ। जित निकालेको एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला समेत तोडेको छ।

त्यस्तै गएराति कै अन्य खेलमा वेष्ट ह्यामले सेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्दा लिड्स र आर्सनलले गोलरहित बराबरी खेले।

No comments: