स्याङ्गजा अर्जुन्चौपारिका मानिस एउटा सिटामोल लिन पनि पर्वत पुग्नु पर्ने बाध्यता - Syangja Arjun Chaupari, Aagrikharka - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Monday, November 09, 2020

स्याङ्गजा अर्जुन्चौपारिका मानिस एउटा सिटामोल लिन पनि पर्वत पुग्नु पर्ने बाध्यता - Syangja Arjun Chaupari, Aagrikharka


डिआर काफ्ले,
कार्तिक २४,स्याङ्गजा | सायद स्याङ्गजा भन्ने बितिकै तपाइँलाइ  लाग्न सक्छ विकसित जिल्ला हो भनेर , यदि त्यसो हो भने तपाइँ भ्रममा हुनुहुन्छ | कुरा हो  स्याङ्गजा अर्जुनचौपारि वडा नम्बर ३ आग्रीखर्कको | संघिय नेपाल अगाडिको रापाकोट ३ ले चिनिएको यो ठाउँ अहिले अर्जुनचौपारी ३ आग्रिखर्क भनेर चिनिन्छ | वडा भित्र पनि कुनै पनि हिसाबले नमिलेको र पायक नपरेको ठाउँ भएकाले पनि साह्रै पछाडि परेको महसुस गर्ने गर्दछन यहाँका स्थानीयबासीहरु | 
त्यति मात्र नभएर प्रसुती हुन नसकेर घरमै पुरानै तरिकाले प्रसुती गराइदै आइरहेको पनि यहाँकी एक महिला सुभद्रा शर्मा बताउछिन | उनि भन्छिन '' कि त घर मै गराउनु पर्यो नभए आवस्यक परेको बेला गाढीको सुबिदा पनि नहुने हुँदा  गाढी रिजर्भ गरेरै भए पनि पोखरा पुग्नु पर्यो |'' 
सडक र  बिजुली जस्ता विकासका महत्वपुर्ण आधारहरु पुगे पनि यहाँका सर्वसाधरण सामान्य टाउको दुख्दा समेत करिब १ घण्टाको बाटो धाएर पर्वत पुग्नु पर्ने बाध्यतामा छन् | कि त उनीहरु गाउपालिका झर्नु  पर्यो २ घण्टाको बाटो हिडेर  |  या त गाउँ बाट ८ बजे छुट्ने गाडी चढेर जाउँ भने पनि स्वास्थ्य चौकी जाँदा आउँदा दिनभर लाग्ने  यहाँका स्थानीय बताउछन |  
न त पहिलाको गा.बि.स. ले देख्यो न त अहिलेको स्थानानिय सरकारले नै देख्यो यहाँका स्थानिय बासिन्दाहरुको समस्या | 
प्रकृतिले अति सुन्दर अनि मनोरम यो ठाउँ न त बिकट नै भन्न मिल्छ न त सुगम नै , सम्भावना धेरै भएर पनि अहिले सम्म यहाका जनताले सिटामोल पाउन नसक्ने अवस्था कसरि रहिरह्यो त ? राजनीतिक हिसाबले भन्ने हो भने पनि यहाका मानिस नबुजेका भन्न मिल्दैन र यस गाउँका जनशक्ति देश तथा बिदेशका बिभिन्न ठाउँमा नपुगेका पनि होइनन | विकासको उच्च मनोचाहाना भएर पनि अझै विकास हुन नसकेको ठाउँ हो आग्रीखर्क |
स्याङ्गजाको २ नम्बर निर्बाचन क्षेत्र रहेको यो ठाउँ एउटा बुथ केन्द्र पनि हो |  प्रयाप्त बस्ति ,प्रयाप्त जनसंख्या भएर पनि अहिले सम्म सामान्य स्वास्थ्य जांच गर्ने अस्पताल सम्म नहुदा आफुहरुले साह्रै दुख भोग्न परेको बताउछन एक स्थानीय उनि भन्छन सामान्य चोटपटक लाग्दा र टाउको दुख्दा समेत एउटा सिटामोल लिन पर्वत पुग्नु पर्दछ भन्दै उनि थप्छन उच्च रक्तचाप का बिरामीहरुलाई बिपी जाँच्न समेत एकदमै अफ्ठ्यारो परिरहेको छ | 
निर्वाचनका बेला विभिन्न नारा लिएर गाउँ पुग्ने विभिन्न पार्टीका नेताहरुको ध्यान यस तर्फ किन नगएको होला ? 

No comments: