बुधबार स्याङ्गजाका ९ जनामा संक्रमण पुष्टि, एकको मृत्यु - Syangja Update - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Wednesday, November 18, 2020

बुधबार स्याङ्गजाका ९ जनामा संक्रमण पुष्टि, एकको मृत्यु - Syangja Update


मङ्सिर ३, स्याङ्गजा | बुधबार स्याङ्गजामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर डायग्नोस्टिक सेन्टर पोखरामा गरिएको छुट्टाछुट्टै परिक्षणमा सो संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ | 
निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा स्याङ्गजा आँधिखोला गाउँपालिकाका ६८ र ६४ बर्षीय २ पुरुष त्यसैगरी आधिखोलाकै ३७ बर्षीय एक महिला रहेका छन् भने पुतलीबजार नगरपालिकाका ४० र ४२ बर्षिय २ जना पुरुष र वालिङ्ग नगरपालिकाका ३ पुरुष र १ महिला
रहेका छन् | 
त्यस्तै आज स्याङ्गजा पुतलीबजार १३ का ४६ बर्षीय एक कोरोना संक्रमित पुरुषको निधन भएको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ | यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ | 

No comments: