मंगलबार स्याङ्गजामा थपिए ६ जना संक्रमित - Syangja Update - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Tuesday, November 24, 2020

मंगलबार स्याङ्गजामा थपिए ६ जना संक्रमित - Syangja Update

मङ्सिर ९, स्याङ्गजा | मंगलबार स्याङ्गजामा ६ जना कोरोना संक्रमित थपिएका छन् |पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान , लाइफ केयर डायग्नोस्टिक सेन्टर पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको छुट्टाछुट्टै परिक्षणमा सो संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायले जनाएको छ | 

निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा फेदिखोलाकि  ५६ बर्षीय १ महिला, वालिङ्ग ९ का एक ३३ बर्षीय पुरुष, वालिङ्ग १० का ५४ बर्षीय १ महिला र ६१ बर्षीय १ पुरुष त्यसैगरी पुतलीबजार नगरपालिकाका ४० र ४८ बर्षीय २ पुरुष रहेका छन् | 

संक्रमित सबैलाई सम्बन्धित ठाउँकै आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारि भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ | 

No comments: