आजको सुनको बजार भाउ - Today's gold market price - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, November 19, 2020

आजको सुनको बजार भाउ - Today's gold market price


मङ्सिर ४,  सुनको मूल्यमा आज गिरावट आएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १००  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७००  रुपैयाँले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९००  रुपैयाँमा कारोवार

भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६००  रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै चाँदी भने प्रतितोला एक हजार २१५  रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३०  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५  रुपैयाँले घटेको हो ।

No comments: