शुभ साहित सहित आजको राशिफल - Today's horoscope with auspicious literature - Aadhikhola News: Online news

Aadhikhola  News: Online news

www.aadhikholanews.com

Breaking

Thursday, November 19, 2020

शुभ साहित सहित आजको राशिफल - Today's horoscope with auspicious literature


 आज मिति २०७७ मंसिर ४ गते बिहीबार, इस्वीसंवत नभेम्वर १९ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक कृष्ण पक्ष चलिरहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय शुभ छैन । तपाईमाथि भ्रम जाल बुनेर फाल्नेहरु धेरै हुनेछन् विचार पु¥याउनु होला । सानो हेलचक्र्यार्ईले ठूलो घाटा हुनेछ । मिलेर काम गर्दा धोका हुनेछ । घरयासी खर्चमा कुनै कमि आउने छैन । जीवन साथीको सहयोग र सल्लाहमा काम गर्दा सामान्य राहत मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । नेतृत्वको प्यास जाग्नेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । मेष राशिका व्यक्तिलाई मंगलबार शुभ र आइतबार अशुभ हुन्छ ।

वृष : आज समय खराब रहनेछ । स्वास्थ्यले साथ दिने छैन । सहज रुपमा काम गर्ने वातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठूलो गर्नु होला । उपलब्धि हासिल गर्न संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सबैलाई आफ्नो ठानेर आत्मीय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट भनेजस्तो तथा सोचेजस्तो नाफा लिन सकिने छैन ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण

गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिनुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । यस राशिका व्यक्तिलाई शुक्रबार शुभ, शनिबार अशुभ हुन्छ ।

मिथुन : आज समय शुभ छ, स्वास्थ्यले पनि साथ दिनेछ । दिन अनुकुल नै देखिन्छ । अप्रत्यासित यात्रा हुन सक्ने गोचर परेको छ । कार्य तालिका बनाएर योजना अगाडि बढाउनु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिनेछन् । साझेदारीमा काम भने नगर्नु होला । झगडा तथा द्वन्दबाट पनि टाढा बस्नु होला ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । मिथुन राशिका लागि बुधबार शुभ र सोमबार अशुभ हुन्छ ।

कर्कट : आज समय खराब छ । स्वास्थ्यमा समस्या आउन सक्ने तथा औषधि उपचारमा खर्च गर्नुपर्ने ग्रह, गोचर देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । कर्म अनुसार व्यापार व्यवसायबाट फल मिल्नेछ । ढिला सुस्ति र हेलचक्र्याईले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । आज बढि महत्वाकांक्षी पनि नबन्नुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । कर्कट राशिका लागि सोमबार शुभ र बुधबार अशुभ हुने गर्दछ ।

सिंह : आज समय राम्रो छ । समयको महत्व बुझेर काम गर्नु होला हेलचक्र्याई भयो भने पछि पश्चताप गर्नु बाहेक केही हुने छैन । समयमा गरेका काम सफल हुनेछन् । उपलब्धि पनि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन । बाह्य व्यक्तिको भर परेर काम नगर्नु होला धोका हुनेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । सिंह राशि भएका व्यक्तिका लागि आइतबार शुभ र शनिबार घात हुन्छ ।

कन्या : आज समय खराब छ । कर्म क्षेत्र छोडेर बाहिर नजानुहोला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अघि बढ्नु भयो भने दु:ख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् । कन्या राशिका लागि बुधबार शुभ र शनिबार घात हुने गर्दछ ।

तुला : समय शुभ छ । काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैनन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । नयाँ ठाउँको यात्राको योजना बन्नेछ ।
तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । तुला राशिका लागि शुक्रबार शुभ र बिहीबार अशुभ हुनेछ ।

वृश्चिक : आज समय अत्यन्तै खराब छ । कार्य क्षेत्र छोडेर बाहिर नजानु होला, सम्भावनाका ढोका खुल्लै देखिन्छन् । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन घढ्नेछ । आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । आज सकभर ऋण तथा पैसा सापटी नदिनुहोला ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै व्यापारी महानुभावहरुले भगवान विष्णु मन्दिरमा तुलसी रोपेर यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । वृश्चिक राशिका लागि मंगलबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

धनु : आज समय अत्यन्तै शुभ छ । धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन । किनकि खुशीले तपाईंलाई बढी आनन्द दिनेछ । अनुमान वा अनपेक्षित लाभमार्फत वित्तीय स्थितिमा सुधार आउनेछ । सारा परिवारको लागि समृद्धि ल्याउने परियोजनाहरू तपाईंले चुन्नु पर्नेछ । भावनात्मक रोकावटले तपाईंलाई समस्यामा पार्नेछन् । तपाईं सबैको लागि आज धेरै सक्रिय र सामाजिक कार्य गर्ने राम्रो दिन हुनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता मिल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ । धनु राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

मकर : आज पनि समय राम्रो छैन । समय अनुकुल देखिन्न । साना साना कुरामा हेलचक्र्याई नगर्नु होला । झुट्टा आरोप लगाउन सक्छन् सतर्क हुनुहोला । प्रतिष्ठा जोगाउनु मुस्किल पर्ने देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अरुको विश्वास धेरै नपर्नुहोला । नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । मकर राशिका लागि शनिबार शुभ र मंगलबार अशुभ हुनेछ ।

कुम्भ : आज समय शुभ छ, स्वास्थ्य पनि भरपर्दो नै रहनेछ । आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । वादविवाद तथा प्रतिस्पर्धात्मकमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, वुद्धिको विकास हुनेछ ।
कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै महत्वपूर्ण काम पूर्व केराको बोटमुनी दियो बाली हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । कुम्भ राशिका लागि शनिबार शुभ र बिहीबार अशुभ हुनेछ ।

मीन : आज समय मध्यम खालको रहनेछ । काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ । उपकारी काममा समय बढि खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोहि हुने छैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहना बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछन् । वौद्धिक जगतसँग भेटघाट हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपीडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ । मीन राशिका लागि बिहीबार शुभ र शुक्रबार अशुभ हुनेछ ।

साइत : आज चन्द्रमा धनु राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६:२६ बजेदेखि ७:४७ बजेसम्म शुभ बेला
बिहान ७:४७ बजेदेखि ९:०७ बजेसम्म रोग बेला
बिहान ९:०७ बजेदेखि १०:२८ बजेसम्म उद्धेग बेला
बिहान १०:२८ बजेदेखि ११:४८ बजेसम्म चर बेला
बिहान ११:४८ बजेदेखि १:०९ बजेसम्म लाभ बेला
दिनमा १:०९ बजेदेखि २:२९ बजेसम्म अमृत बेला
दिउँसो २:२९ बजेदेखि ३:५० बजेसम्म काल बेला
दिउँसो ३:५० बजेदेखि ५:१० बजेसम्म शुभ बेला


No comments: