स्याङ्जामा जिपको ठक्करबाट ६ वर्षीय बालकको ज्यान गयो , चालक फरार- Syangja Update

  

राम बहादुर रोकाहा / स्याङ्जा 

 स्याङ्जाको पुतलीबजार नगरपालिका -१० स्थित राङ्खोलाको समाताटोलमा जिपको ठक्करबाट घटनास्थल मै ६ वर्षीय एक बालकको निधन भएको छ ।

आज शनिबार बेलुका करिब ५ बजे राङ्खोलाबाट भित्री सडकखण्ड समाताटोल तर्फ जाँदै गरेको लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा बालकको घटनास्थल मै मृत्यु भएको हो । स्याङ्जा पुतलीबजार नगरपालिका -१० राङ्खोला वस्ने २८ वर्षीय निरज शाहीले चलाएको जिपबाट ठक्कर खाई मृत्यु हुने सोही स्थान बस्ने सुमन गुरुङको ६ वर्षीय छोरा आयोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

घटनास्थल मै मृत्यु भएपछी लासको जाँच मुचुल्का कार्य सकाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको डिएसपी अधिकारीले बताउनुभयो । 

घटनास्थल बाटै जिपलाई प्रहरी नियन्त्रणमा लिई घटनाको अनुसन्धान कार्य भइरहेको र फरार रहेका निज जिप चालक शाहीको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments