देबकोटा थर बेल्टारि टोल समिती स्याङ्जाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न


स्याङ्जा अर्जुन चौपारी १ देबकोटा थर बेल्टारि टोल समितीद्वारा सरसफाइ तथा सुभकामना कार्यक्रम सप्पन्न भएको छ ।

बिजयादशमिको पावन अबसरमा आज आश्विन २६ गतेका दिन समितिले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

 संयोजक वसन्त देबकोटाको संयोजकत्वमा सप्पन्न कार्यक्रममा टोबासिको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु जिल्ला कमिटी सदस्य महेश काफ्लेले यस्ता कार्यक्रमले समाजमा एकता सद्भाव बढने कुरामा जोड दिएका थिए । 

कार्यक्रमको संचालन टियन देबकोटाले गरेका थिए ।

Post a Comment

0 Comments