शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू - A-News

 


चितवन, भदौ ३ गते ।   चितवनमा शुक्रबार बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार शुक्रबार बिहान रत्ननगर नगरपालिका -९ मा पर्ने पूर्व–पश्चिम राजमार्गको टिकौलीको खगेरी खोला पुल नजिकै नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा रत्ननगर -९ गणेशचोक बस्ने बर्ष ७५ को खडकबहादुर रानामगरको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाईते रानाको उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बिहान ५ बजेको आसपासमा गाडीले ठक्कर दिएको र ६ः१५ बजेको समयमा मृत्यु भएको प्रहरीको भनाइ छ । 

यसैवीच शुक्रबार बिहान अन्दाजी ३ः३० बजेको समयमा ईच्छाकामना गाउँपालिका -४ कुरिनटारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमांडौबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठोकिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

ठोकिएर गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतकको साथमा भेटिएको सवारीचालक अनुमतिपत्रको आधारमा मृतकमध्ये एक जना दैलेख चामुण्डा विन्द्रासाईनी नगरपालिका ६ बस्ने बर्ष २५ को सरोज रोकाया र अर्को व्यक्ति काठमाडौं महानगरपलिका ११ बस्ने बर्ष ३२ को सरोज माझी भएको खुलेको छ ।

दूर्घटनामा घाइते भएकालाई चितवन मेडिकल कलेजमा उपचारको लागि ल्याइएको थियो । उपचारका क्रममा उहाँहरुको मृत्यु भएको थियो । कुरिनटारमा भएको दूर्घटनामा ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रत्ननगरको घटनाको सवारी साधनको खोजी भइरहेको प्रहरीले जना

Post a Comment

1 Comments

Anonymous said…
The Sports Wagering Application Review Commission decided to permit rolling approval of on-line sportsbook licenses, quite than name for a common start date for all sportsbooks. The GGR of desk video games and sports activities betting in August 2020 was $777.3 million and $217.3 million, respectively. Show that the 5 prime forms of illegal playing in the US are sports activities betting, horse betting, sports activities parlay playing cards, numbers, and on line casino playing. Just as on-line playing is legal, cellular playing is completely legal, too. Mobile casinos are additionally tremendous convenient and you'll play your favourite on line casino video games, as most of them are optimized for cellular these days. Like lots of modern-day cellular casinos, Super Slots has a crypto welcome 온라인카지노 bonus and a regular fiat currency welcome bonus up for grabs.