स्याङ्गजाको वालिङ नगरपालिकाद्वारा जारी सूचना : Syangja Update


स्याङ्गजाको  वालिङ नगरपालिका ले समिक्षा कार्यक्रममा सहभागी हुने बारे  सुचना जारी गरेको छ  ।

पालिकाले समिक्षा गोष्ठी कार्यक्रममा वालिङ नगरपालिका मातहतका प्रत्येक सहकारी संस्थाहरुको संचालक समितिको तर्फबाट अध्यक्ष वा प्रतिनिधि र कर्मचारीको तर्फबाट व्यवस्थापक वा प्रतिनिधिहरुलाई सहभागी हुन भन्दै सूचना जारी गरेको हो  ।

सुचनामा भनिएको छ :

'प्रस्तुत विषयमा यस वालिङ नगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) बिच आधारशिला कार्यक्रममा सम्झौता भई पहिलो चरणमा सहकारी संस्था घरदैलो, अभिमुखिकरण एवं दस्तावेजीकरणको कार्य सम्पन्न भएको र संस्था घरदैलो, अभिमुखिकरणबाट प्राप्त संस्थाहरुको अवस्था र सुधार बारे नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को आयोजना र वालिङ नगरपालिकाको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी संस्था सचेतीकरण तथा समिक्षा कार्यशाला गोष्ठी तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएकोले उक्त समिक्षा गोष्ठी कार्यक्रममा वालिङ नगरपालिका मातहतका प्रत्येक सहकारी संस्थाहरुको संचालक समितिको तर्फबाट अध्यक्ष वा प्रतिनिधि र कर्मचारीको तर्फबाट व्यवस्थापक वा प्रतिनिधि गरि २ जना सहभागि भईदिनुहुन अनुरोध गर्दछौं  ।'


Post a Comment

0 Comments