स्याङ्जा , भाद्र २२ । भलिवल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टीम प्रथम भएको छ ।
"१९औ निजामती सेवा दिवस २०७९" को अवसरमा जिल्ला समारोह समिति स्याङ्जाद्धारा आयोजना भएको पुरूष भलिबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको भलिवल टिम प्रथम भएको हो ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको टिमको सहभागीता रहेको थियो।
प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टीमले प्रथम स्थान हासिल गर्नुका साथै उत्कृष्ट खेलाडीको उपाधी समेत प्राप्त गरेको छ ।
विजयी टिम तथा खेलाडीहरूले प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका छन् ।
0 Comments